निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले सोमबार छायानाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु, इञ्जिनियर महेश सिंह कठायत, असिस्टेन्ट सव इञ्जिनियर हस्त बहादुर मल्लविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

वडा नम्बर ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको जनही २८ लाख ६२ हजार ४५९ रुपैयाँ बिगो, बिगोअनुसारको जरिमाना र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

‘ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा मानिसबाट अर्डिनरी स्वायल, हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङ गुर्नपर्ने भनी लागत अनुमान स्वीकृत गरी अर्डिनरी स्वायलको मात्र मेशिनबाट खन्ने कार्य गराई हार्ड स्वायल, सफ्ट रक, मिडियम रक र हार्ड रक कटिङसमेत मानिसबाट गराएको भनी कामको बढी मूल्याङ्कन गराई नापी किताब, प्राविधिक विल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी २८,६२,४५९रुपैयाँ ८४ पैसा बढी भुक्तानी गरेको देखिंदा निजहरु पिताम्बर सारु, महेश सिंह कठायत र हस्त बहादुर मल्लले जरिमाना र  बिगोसमेत असुल उपर हुन मागदाबी लिइएको छ,’ अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अख्तियारले सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उन बहादुर शाही, सचिव राधिका रावल र कोषाध्यक्ष बिजुली मल्लविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

उनीहरुले  कामको बढी मूल्याङ्कन गराई सम्झौता विपरीत नापी किताब, प्राविधिक विल र कार्यसम्पन्न प्रतिवेदन तयार एवं भुक्तानीको लागि पेश गरेर २८ लाख ६२ हजार ४५९ भुक्तानी लिएको अख्तियारको दाबी छ ।

अखितयारले भुक्तानी लिउको रकमलाई भ्रष्टाचारको रकम मानेर सो रकम बराबरको बिगो र जरिमानासमेत असुल गर्न माग गर्दै मुद्दा दायर गरेको हो ।

सडक निर्माण अनुगमन समितिका सदस्य चक्र बहादुर सावत, सदस्य हजर कला कामी र नगरपालिकाका इञ्जिनियर महेश सिंह कठायतविरुद्धसमेत सोही रकम बराबरको बिगो र जरिमाना माग गर्दै मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

कर्मचारीको झगडाले विमानस्थलको छवि बिग्रने खतरा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नेपाल नागरिक उड्डयन प्राधिकरणको हुने गर्छ । विमानस्थलमा हाल राज्यका तीन निकाय पर्यटन, गृह मन्त्रालय र अर्थ मन्त्रालयका कर्मचारी छन् ।

उनीहरूको काम, कर्तव्य र भूमिका फरक–फरक छ । पर्यटन मन्त्रालयअन्तर्गतको प्राधिकरणका कर्मचारीले विमानस्थलको व्यवस्थापन र सञ्चालन गर्छन् ।

गृह मातहत प्रहरी र अध्यागमन रहन्छन्, जसले सुरक्षा र भिसा हेर्छन् । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार कर्मचारीले भन्सार चेकजाँच गर्छन् ।

पछिल्लो समय तीन मन्त्रालयका कर्मचारीबीच उत्पन्न मनमुटावले विमानस्थलमा समस्या पैदा हुने देखिएको छ । कहिले प्रहरी र अध्यागमन कर्मचारी त कहिले भन्सार र अध्यागमन कर्मचारीबीच मनमुटाव देखिएको छ ।

केही समयअघि भन्सारबाट फुत्किएको ‘ब्रेक सु’भित्रको सुन प्रहरीले बरामद गरेपछि उनीहरूबीच ‘शीतयुद्ध’ चलेको थियो । उक्त मनमुटावले ठूलो रूप लिँदा गएको शुक्रबार अध्यागमन कर्मचारी र प्रहरीबीच कुटाकुट नै भयो ।

शुक्रबार दिउँसो विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच हात हालाहाल भएको थियो । प्रहरीका अनुसार, अध्यागमनका कर्मचारी र प्रहरीबीचको टकराबको नाभी भने भ्रमण प्रवेशाज्ञा (भिजिट भिसा)सँग जोडिएको छ ।

भिजिट भिसामा खाडी मुलुक जाने तर अवैध तरिकाले उतै लुक्ने घटना बढेपछि नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सक्रियता बढाएको छ । भिजिट भिसामा जाने यात्रुमाथि चेकजाँचमा कडाइ मात्र गरिएन, त्यसको ‘सेटिङ’मा संलग्न अध्यागमनका कर्मचारीलाई पक्राउ गरियो ।

नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा अनुसन्धान कार्यालयको टोलीले मंसिर २६ गते अध्यागमनका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको थियो । नक्कली कागजातका आधारमा भिजिट भिसा बनाउँदै पठाउने गिरोहमाथि काठमाडौं प्रहरीले किर्ते तथा संगठित अपराधमा अनुसन्धान गरेको थियो । संगठित अपराधमा मुद्दा चलाउन काठमाडौं प्रहरीले आइतबार अनुुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ ।

पक्राउ परेका अध्यागमन अधिकृत खड्का, अध्यागमनबाट हाल सरुवा भई गृह मन्त्रालय पुगेका अधिकृत ताराबहादुर कुँवरसहित अरू सात कर्मचारीलाई प्रतिवादी बनाइएको छ । त्यही कारण विमानस्थल अध्यागमनका कर्मचारी प्रहरीसँग असन्तुष्ट छन् ।

पक्राउ परेका अध्यागमनका अधिकृत खड्काले भिजिट भिसामा जानेहरूसँग सेटिङ मिलाएर रकम उठाउन छुट्टै ‘टिम’ बनाएको र त्यो सबै कर्मचारीले बाँडेर लिने गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

प्रहरीले मंसिरमा मात्र भिजिट भिसामा सेटिङ गरेर पठाउने अध्यागमनका कर्मचारी, ट्राभल, कन्सल्ट्यान्सी र म्यानपावरका सञ्चालकसहित ३२ जनाभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा चलाएको थियो ।

नक्कली कागजातका आधारमा भिजिट भिसामा जानेहरूबाट अध्यागमन विभागका कर्मचारीले घुमाउरो बाटोबाट एक दिनमै करोड रुपैयाँसम्म उठाउने गरेको प्रहरीको दाबी छ । यही मनमुटावका कारण शुक्रबार अध्यागमन कर्मचारी र प्रहरीबीच हात हालाहालको माहोल बन्यो ।

गएको पुस १८ गते पनि विमानस्थल अध्यागमनका कर्मचारीले हड्ताल गरेका थिए । भिजिट भिसामा मानव तस्करी प्रकरणमा प्रहरीले अनावश्यक धरपकड गरेको भन्दै कर्मचारी हड्तालमा उत्रिएका थिए ।

उनीहरू पुस १८ गते बिहान ११ देखि मध्याह्न १२ः३० बजेसम्म कार्यकक्षमा उपस्थित भएनन् । त्यसै दिन साँझ ५ बजेपछि पनि अध्यागमनको भन्सार चेकजाँचमा रहेका कर्मचारी कार्यकक्षमा उपस्थित भएनन् । त्यसको प्रत्यक्ष मारमा यात्रु परे ।

भन्सार बन्द हुँदा विमानस्थलमा यात्रुले सास्ती भोग्नुपर्‍यो । भन्सार चेकजाँच गर्ने ठाउँमा कर्मचारी नहुँदा यात्रु विमानस्थल बाहिरै उभिए । भित्रका यात्रु पनि बाहिर आउन पाएनन् ।

 

विमानस्थलको छवि बिग्रँदै
यस्ता घटनाले अन्तर्राष्ट्रियस्तरमै नराम्रो सन्देश गएको विमानस्थलका एक उच्च अधिकारीले बताए । व्यक्तिगत विवादले ठूलो रूप लिँदा ‘एयरपोर्ट अपरेसन फ्यासिलिटी’मा असर पर्न सक्ने ती उच्च अधिकारीको भनाइ छ ।

बारम्बार यस्ता विवादले एयरपोर्ट सेवा सुरक्षामा असर पर्ने उनले बताए । यसले विमानस्थलको छवि बिग्रने उनले सुनाए ।

स्रोत : बाह्रखरी

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

रौतहटको गढवा टोलमा विवाहित महिलाको शंकास्पद मृत्यु

 

रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिका ४, गढवा टोलमा एक जना विवाहित महिलाको शंकास्पद मृत्यु भएको छ । मृतकको माइती पक्षले दाइजोको निहुँमा हत्या भएको आरोप लगाएको छ ।

मौलापुर नगरपालिका, बौधाटोल घर भइ हाल गौर–४ मा बस्दै आएका सुनिल बैठाकी २१ वर्षीय श्रीमती पुनम बैठा दुई दिन अघि आफ्नै घरमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । पुनमले घरको ढोका भित्रैबाट लगाएर आत्महत्या गरेको घरका सदस्यहरुले बताउँदै आएका छन् ।

भारतको बिहार, मोतिहारी जिल्ला, रुसुलपुर घर भइ हाल काठमाडौँमा व्यापार गरी बस्दै आएका मृतकको बुबा संजय बैठाले २०७७ साल जेठ महिनामा सामाजिक परम्परा अनुसार छोरी पुनमको सुनिल बैठासँग विवाह गरेको बताए ।

दाइजोको विषयलाई लिएर छोरी पुनमलाई घर पक्षकाले शारीरिक र मानसिक यातना दिने गरेको आरोप लगाउँदै उनले ज्वाइँ सुनिल बैठा र उनकी आमा मिलेर आफ्नो छोरीको हत्या गरेर घरमा झुण्ड्याएको दाबी गरेका छन् ।

बिहेमा नगद रुपैयाँ कम दिएको, पलङ नदिएको भन्दै यातना दिँदै आमाछोरा मिलेर छोरी पुनमको हत्या गरेको मृतकका बुबाको दाबी छ । ज्वाइँ संजय बैठाले आफ्नो बुबा बिजुली बैठाको इशारामा यो घटना गरेको पुनमको माइती पक्षको आरोप छ ।

माइती पक्षले जिल्ला प्रहरी कार्यालय रौतहटले जाहेरी लिनसमेत नमानेको गुनासो गरेको छ ।

तर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एलिजा गिरीले मृतकको पोष्टमार्टम रिपोर्ट नआएसम्म र घटनाबारे अनुसन्धान पूरा नभएसम्म हत्या हो कि आत्महत्या भनेर किटान गर्न नमिल्ने बताइन् । पोष्टमार्टम रिपोर्ट र अनुसन्धानबाट हत्या ठहर भएमा जोसुकै अपराधी भए पनि कारबाहीको दायरामा ल्याउने उनले बताइन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा एक महिला पक्राउ

अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी kyc विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनीउपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

जर्मन महिला ललितपुरको एक अपार्टमेन्टमा मृत फेला

ललितपुरको एक अपार्टमेन्टमा जर्मन महिला मृत फेला परेकी छन्। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार ती महिला जर्मन हुन् र आफ्नो अपार्टमेन्टमा सोमवार मृत फेला परेकी हुन्

  • उनको विषयमा प्रहरीले पूरा विवरण जानकारी गराएको छैन। एसएसपी शेखर खनालको टोली भने घटनास्थलमा जान लागेको ललितपुर प्रहरी परिसरले जनाएको छ।
  • साभार  नागरिक दैनिक

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

शारदा नगरपालिकाका रबिन रोका द्वारा गोरख परियार बचाउ अभियानमा ५० हजार सहयोग

सल्यान जिल्लाको कुमाख गाँउपालिका निवासी गोरख परीयारको उपचारको लागि आर्थिक सहयोग जुट्न थालेको छ । पारीवारीक अवस्था आर्थिक रुपमा कमजोर भएकोले उनको उपचारको लागि सुधार आवाज डटकमले स्थानीय निकाय संग सहकार्य गर्दै काठमाण्डौ ल्याएको थियो । उनको उपचार एतिबेला काठमाडौंको काठमाडौं मेडिकल कलेज (KMC) मा भैरहेको छ । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सुनिल शर्माको सहजीकरणमा उपचार सुरु भएकै दिन देखी सुधार आवाजले उनको उपचारको लागि गोरख परीयार बचाउ अभियान संचालन गरेको छ । जुन अभियानमा शारदा नगरपालिका वडा नम्बर ६ का रबिन रोकाले रु ५० हजार सहयोग गरेकाछन । सुधार आवाजले संचालन गरेको उक्त अभियानले सक्दो सहयोग गर्न सबैमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

नमेटिने घाउमा केपी ओलीले फिल्म खेल्ने 

काठमाडौँ : फिल्म ‘नमेटिने घाउ’ निर्माणको घोषणा भएको छ।

आइतबार काठमाडौंको बत्तिसपुतलीमा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्मको घोषणा गर्दै फिल्ममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समेत देखिने जनाइएको हो।

उक्त फिल्ममा ओलीले ‘प्रधानमन्त्री’को रोल निर्वाह गर्ने छन्।यसअघि दिपेन्द्र दाहालको ‘रातो सूर्य’ मा पनि ओली देखिएका थिए।

फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको फिल्मलाई अभिनेता रमित ढुङ्गानाले निर्देशन गर्नेछन्। एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने जनाइएको छ।

एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्ने छिन्। उनले पनि यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन्।

मुस्कान खातुनमाथि २०७६ सालको भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा पढ्न जाँदै गर्दा एसिड प्रहार भएको थियो। एसिड आक्रमणबाट उनको अनुहारको एकातर्फको भाग जलेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

हिउँ नपरेपछि हिमाली भेगका किसान चिन्तित

हिउँ नपरेपछि हिमाली भेगका किसान चिन्तित बनेका छन् । हिउँ नपर्दा सिँचाइको समस्या भएर स्याउको बोट सार्न समस्या हुने, स्याउ र ओखरको फूल नलाग्ने,  रोग र किराको सङ्क्रमण बढ्ने, दाना राम्रो नहुनेजस्ता समस्याहरू देखापर्छन् । यसका साथै पशुचौपायाका लागि घाँस उपलब्ध नहुनेलगायत समस्या हुने भएकाले किसान चिन्तित भएका हुन् ।

 

गत वर्ष माघको पहिलो साता हिउँ परेको थियो । तर यो वर्ष माघ दोस्रो हप्ता भइसक्दा पनि हिउँ नपरेको मुगुको छायानाथ रारा नगरपालिका वडा नं ५ की कृषक अनिता खड्का रोकायाले बताइन् ।  यो वर्ष हिउँ नपर्दा स्याउ बारी सुख्खा भएको उनले सुनाइन्

अनिताका अनुसार हिउँ नपरेपछि यो वर्ष स्याउ खेती विस्तार गर्न समस्या हुने देखिएको छ । ‘हिउँ पर्‍यो भने स्याउको बोट सार्दा ९५ प्रतिशत सफल हुन्छ,’ उनले भनिन् । उनले गत वर्ष तीन सय स्याउको बोट सारेकी थिइन् । यो वर्ष उनले आठ सय बोट सार्ने योजना बनाएकी छन् तर हिउँ नपरेका कारणले समस्या भइरहेको उनले बताइन् ।

‘बोट सार्नका लागि खाल्डो खन्दैछौँ,’ उनले भनिन्, ‘हिउँ परेपछि एकै पटक नपग्लेर एकदेखि साढे एक महिनासम्म बिस्तारै हिउँ पग्लन्छ । यसले स्याउको बिरुवामा सिँचाइ गर्नुपर्दैन । यो वर्ष हिउँ परेन भने सिँचाइ गर्न समस्या हुन्छ ।’

उनले हिउँ नपर्दा स्याउ खेतमा पानी कम भएर फूल झर्ने, स्याउका दाना राम्रो नलाग्ने र रोग, किराको सङ्क्रमण बढ्ने सुनाइन् । अनिताले तीन हेक्टर क्षेत्रफलमा स्याउ खेती गर्दै आएकी छन् । उनले वार्षिक २ मेट्रिक टनसम्म स्याउ उत्पादन गर्छिन् ।

यता मनास्लु संरक्षण क्षेत्रका आयोजनाका प्रमुख सन्तोष शेरचनले पनि हिउँ नपर्दा हिमाली भेगको खेतीपाती, पशुपालनमा नकारात्मक असर परेको सुनाए । ‘यो आलु, स्याउ, ओखर लगाउने सिजन हो,’ उनले भने, ‘हिउँ नपर्दा सिँचाइका लागि समस्या हुन्छ । यसले उत्पादनदेखि बजारीकरणमा प्रत्यक्ष असर पर्छ ।’

हिउँ नपर्दा पानीको मुहान सुकेर बस्ती पनि सर्ने स्थिति भएको शेरचनले सुनाए । ‘विशेष गरेर अपर मुस्ताङका बस्तीहरू सरेका छन्,’ उनले भने, ‘कृषि, पर्यटन, वन्यजन्तु लगायत सबैतिर असर परेको छ ।’

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

आज देखी धरहरामा शुरु भयो निशुल्क पार्किङ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि धरहरामा निर्माण भएको पार्किङ भवनको पहिलो तलामा निःशुल्क पार्किङ सेवा दिने भएको छ ।

काठमाडौँ महानगरले न्युरोडमा कालोपत्रे सडकमाथि पार्किङ निषेध गरेपछि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले बताए ।

यसअघि काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको व्यवस्था मिलाएको उनको भनाइ छ । सरोकारवालासँगको समन्वयमा आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेको पाण्डेले जानकारी दिए ।

पाण्डेकाअनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुने भएको छ । शहीद गेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिने उनले बताए ।

गएको दशैँदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लवहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

भन्सार एजेन्ट संघका अध्यक्ष गौतम भट्टको आरोप,विमानस्थल भन्सार कार्यालयले एजेन्ट भन्दा बाहिरका अन्य ब्यक्तिको विस्वास गर्छ

नेपाल भन्सार एजेन्ट संघका अध्यक्ष गौतम भट्टले त्रिभुवन विमानस्थल भन्सार कार्यालयले एजेन्ट भन्दा बाहिरका अन्य ब्यक्तिको विस्वास गर्ने गरेको आरोप लगाएका छन् । त्रिभुन विमान स्थल भन्सार कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै भट्टले यस्तो आरोप लगाएका हुन् । उनले भन्सार कार्यालयमा हुने सबैखाले समस्याहरुको फेस भन्सार एजेन्टले गर्नुपर्ने भएपनि भन्सार कार्यालयले एजेन्टकै विस्वास नगरेको आरोप लगाएका हुन् । ब्यापारिले पत्याएको भएपनि भन्सार कार्यालयले एजेन्ट भन्दा बाहिरका मान्छेहरुको बिस्वास गरेको बताएका छन् । भन्सार एजेन्ट भनेको खासमा ब्यापारी र भन्सार कार्यालयको बिचको पक्का पुल हो, जस्मा भन्सार कार्यालय र ब्यापारिहरु निवार्ध रुपमा विस्वास गरेर हिन्नुपर्ने हुन्छ । तर यहाँ त भन्सार कार्यालयले नै बाहिरका मान्छेको विस्वास गरि काममा समस्या समेत निमत्याएको उनले बताएका छन् । उनले कार्यक्रमा उपस्थित अतिथिहरु र जिम्मेवार निकाय लाई सुझाबको रुपमा ग्रहन गर्न अनुरोध गर्दै भन्सार कार्यालय र एजेन्ट बिच बिस्वास हुन आवस्यकता रहेको बताएका छन् । पेपरलेस,फेसलेस र क्यासलेसका नारा केवल नाराको रुपमा सिमित रहेको प्रति ध्यान आर्कषण गराउदै अहिले पनि काम गर्न ठुलाठुला फाईल बोकेर हिन्ने कहिले सम्म भन्दै प्रश्न गरेका छन् । सामानको आयात र निर्यातमा भएका समस्याहरु प्रति बेलैमा सबैको ध्यान जान आवस्यक रहेको र कारोबारोमा समेत नेपाल किलेरिङ हाउस र बैंकले समेत सहयोग नगरेको गुनासो गरेका छन् । कार्यक्रमा आक्रामक बनेका भट्टले भन्सारमा भएका समस्या सामाधानका उपाया समेत सुझाएका थिए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु